चाकु र सख्खरको व्यापार यसपालि घट्यो !

 कोरखबर   २८ पौष, २०७७



 पुस २८, काठमाण्डौ ।माघे सङ्क्रान्ति पर्वमा प्रयोग हुने चाकु र सख्खरको व्यापार यो वर्ष घटेको छ ।

कोरोना महामारीका कारण व्यापार घटेको व्यवसायीहरुले बताएका छन् । माघे सङ्क्रान्तिमा चाकु, घिउ र सख्खरको माग धेरै हुने गरे पनि यो वर्ष बजारमा खासै चहलपहल नभएको टोखा परम्परागत चाकु संरक्षण समाजका अध्यक्ष कृष्णबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

अघिल्लो वर्ष ३५ हजार केजी चाकु खपत भएकोमा यो वर्ष माग कम भएकाले ३० हजार मात्रै चाकु बनाइएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । काठमाण्डौको टोखामा चाकु बनाउने गरिएको छ ।

प्रतिकेजी १ सय १० रुपैयाँका दरले चाकुको बिक्री गर्ने गरिएको व्यवसायीले बताएका छन् । मुख्यगरी असन, मरु, लगनखेल, भक्तपुर, बनेपा र नेवारहरुको बसोबास भएको ठाउँमा व्यापार हुने गरे पनि यसपालि माग घटेका छ । यस्तै, सख्खरको पनि व्यापार घटेको छ । अघिल्लो वर्ष ३५ लाख रुपैयाँ बराबरको सख्खर भित्रिने गरेकोमा यसपालि ३० लाख रुपैयाँको मात्रै भित्रिएको छ ।

चाकु बनाउन कपिलवस्तुको कृष्णनगरबाट सख्खर ल्याइने गरिएको टोखा परम्परागत चाकु संरक्षण समाजका अध्यक्ष कृष्णबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।  



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post