पुष २७, हुम्ला । कोराना संक्रमण देखिएका एक जना पुरूषको हेलिकप्टरबाट उद्दार गरिएको छ। कोरोना संक्रमण देखिएका २५ वर्षीय पुरूषको हेलिकप्टरबाट उद्दार गरिएको हो ।
सिटिजन बैंकमा कार्यरत रहेका उनको स्वासप्रश्वासमा समस्या भएपछि जिल्ला अस्पताल हुम्लाबाट हेलिकप्टरले काठमाडौं लगिएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका निमित्त कार्यालय प्रमुख सरिता बोहराले जानकारी दिनुभयो ।
श्वासप्रशवासमा समस्या भएपछि काठमाडौं लगिएको स्वास्थ्य सेवा कार्यलय हुम्लाले जनाएको छ । सिटिजन बैंकमा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि सिटिजन बैंक हुम्ला शाखा दुई दिनको लागि सिल गरिएकोे छ ।
सिमकोट शाखामा कार्यरत दुई कर्मचारीमा कोभिड-१९ संक्रमण देखिएपछि दुई दिनका लागि बैंक सिल गरिएको सिटिजन बैंक हुम्ला शाखाले जनाएको छ ।