२४ पुस, काठमान्डौ । गाउँको स्वास्थ्य चौकीमा सुत्केरी हुन नसकेपछि रामेछापको उमाकुण्ड गाउँपालिकाकी एक महिलाको हेलिकोप्टर मार्फत उद्धार गरिएको छ ।
उमाकुण्ड गाउँपालिका–२ बाम्तीकी मेनुका कार्कीको हेलिकोप्टरबाट निशुल्क उद्धार गरिएको हो । सो गाउँपालिकामा राष्ट्रपति महिला उत्थान कार्यक्रम लागू गरिएको छ । कार्यक्रम अन्र्तगत नै पालिकामा पहिलो पटक कार्कीको निशुल्क उद्धार गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी अर्जुन शर्माको समन्वयमा गर्भवती महिलाको उद्धार गरिएको हो । यसअघि महिला तथा बालबालिका मन्त्रालयले सो गाउँपालिकाका सुत्केरी हुन नसकेका महिलाहरुको निशुल्क उद्धार गर्ने निर्णय गरेको थियो ।