राष्ट्रियसभा बैठक बस्दै, के छन् आजका एजेन्डा ?

 कोरखबर   २४ पौष, २०७७



२४ पुष, काठमाडौं :  संघीय संसदअन्तरगतको राष्ट्रियसभा बैठक बस्दैछ। बैठक दिउँसो १ बजेका लागि डाकिएको संघीय संसदको महासचिव डा. भरतराज गौतमले जानकारी दिए। बैठकमा दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन सभासमक्ष पेश हुने कार्यसूची छ। उक्त प्रतिवेदन दिगो विकास तथा सुशासन समितिका सभापति तारादेवी भट्टले पेश गर्नेछिन्।

राष्ट्रियसभा बैठक बिहीबार पनि बसेको थियो। उक्त बैठकले सांसद वामदेव गौतमलाई दिगो विकास तथा सुशासन समितिमा चयन गरेको थियो। बैठकमा संसद विघटन गरेर प्रधानमन्त्री केपी ओलीले संघीयतामाथि खेलवाड गरेको भन्दै सांसदहरुले कडा विरोध जनाएका थिए। उनीहरुले प्रतिनिधिसभा पुनस्स्थापनाको माग गरेका थिए।

यही पुष ५ गतेको मन्त्रिपरिषद बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि यसको चारैतिर कडा विरोध भइरहेको छ। संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्जन बढी रिट दर्ता भएका छन्। ती रिटहरुको संवैधानिक इजलाशमा सुनुवाइ भइरहेको छ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post