आमाले ‘गाली’ गरेपछि १४ वर्षीय बालकले गरे आत्महत्या !

 कोरखबर   २३ पौष, २०७७



पुस २३, काठमाडौं । कोटेश्वरस्थित महादेवस्थान मन्दिर नजिकै १४ वर्षीय बालकले झुण्डिएर आत्महत्या गरेका छन् ।

उदयपुरको गाईघाट घर भएका आशिष चौधरीले झुण्डिएर आत्महत्या गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले रातोपाटीलाइ बताए ।

घरको पैसा चोरेको निहुँमा आमाले गाली गरेपछि आवेगमा उनले आत्महत्या गरेका हुन् । आमा पसलमा बसिरहेको बेला चौधरी सलको पासो लागेर झ्यालमा झुण्डिएका थिए ।

सल काटेर मिनभवन स्थित सिभिल अस्पताल लैजाँदा चौधरीको मृत्यु भएको बताइएको छ । उनको शव अहिले सिभिल अस्पतालमा राखिएको छ । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post