छुट्टाछुट्टै दुर्घटनामा ३ जनाको मृत्यु !

 कोरखबर   २३ पौष, २०७७



पुस २३,काठमाडौं । देशभरका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । मृत्य हुनेहरुमा काभ्रे जिल्लाका एक जना, बागलुङ जिल्लाका एक जना र बारा जिल्लाका एक जना रहेका छन् ।

काभ्रेको मण्डनदेउपुर नगरपालिका–९ रानीटारस्थित सडकमा बा २५ प ६१३३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको हो ।  मृत्यु हुनेमा सोही ठाउँ बस्ने ४० वर्षीय राजेन्द्र सापकोटा रहेका छन् । प्रहरीले मोटरसाइकल चालकलाई पक्राउ गरेको छ ।

यसैगरी, बागलुङ निसीखोला गाउँपालिका–२ स्थित सडकमा रोकी राखेको ग ३ च २७१३ नम्बरको पिकअप स्टार्ट गर्ने क्रममा सडकबाट करिब ५ मिटर तल खसेर बुधबार राति दुर्घटना हुँदा जिप चालक सोही गाउँपालिका–३ बस्ने २७ वर्षीय कमरा रोक्का मगरको घटनास्थलमै मृत्यु भएको छ । अन्य ७ जना सामान्य घाइते भएकोमा स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार पश्चात डिस्चार्ज भएका छन् ।

यता, बारा निजगढ नगरपालिका - ११ तमागढीस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा हाल नाम, थर, वतन नखुलेको पैदलयात्री करिब ४५ वर्षीय पुरुष व्यक्तिको बिहीबार बिहान मृत्यु भएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post