क्रसर उद्योगमा विस्फेट गराएर फरार अभियुक्त प्रहरीको नियन्त्रणमा !

 कोरखबर   २२ पौष, २०७७



पौष २२,उदयपुर । बम विस्फोट मुद्दामा संलग्‍न रही फरार रहेका बेलका उदयपुर नगरपालिका २ का ३३ वर्षीय अमृत भन्‍ने देवबहादुर विष्टलाई प्रहरीले पक्राउ गरेको छ ।

त्रियुगा नगरपालिका १४, धापलाङस्थित क्रसर उद्योगमा गत मंसिर २९ गते राति विस्फोट गराएको घटनाको अनुसन्धानका क्रममा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको टोलीले उनलाई रामपुर क्षेत्रमा फेला पारी पक्राउ गरेको हो ।

सोही घटनामा संलग्न पवन राई यसअघि नै पक्राउ परेका थिए ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post