कैँची प्रहार गरी संगै काम गर्ने साथीको हत्या, भारतीय युवक पक्राउ !

 कोरखबर   २२ पौष, २०७७



पुष २२, काठमाडौं । काठमान्डौमा धारिलो हतियार कैँची प्रहार गरी एक युवकको हत्या गरेको आरोपमा भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१६ बाइपास ओरालो बस्ने भारतको मोतिहारी घर भएका २५ वर्षीय सुवोध मियाँ रहेका छन् ।

मंगलबार राति सुवोधले कैँची प्रहार गर्दा भारतको मोतिहारी घर भएका २५ वर्षीय कलाम मियाँ गम्भीर घाइते भएका थिए । उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मंगलबार राति नै मृत्यु भएको थियो ।

महानगरीय प्रहरी परिसर काठमाडौैंका डीएसपी प्रमेश विष्टका अनुसार दुवै जना सिलाइ कटाइको काम गर्दै आईरहेको अनुसन्धानबाट देखिएको छ । घट्नाको प्रारम्भिक अवस्था हेर्दा उनीहरु बीच पहिलादेखि नै सम्बन्ध राम्रो नदेखिएको र मंगलबार राति आपसी विवाद हुँदा सुवोधले कलाममाथि कैँची प्रहार गरेको देखिएको उनले बताए ।

कलाममाथि कैँची प्रहार गरेपछि टाटा सुमो रिजर्भ गरेर भाग्दै गरेको अवस्थामा सुवोधलाई इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरी टोलीको सहयोगमा बुधबार बिहान नियन्त्रणमा लिएको डीएसपी विष्टले जानकारी दिए । पक्राउ परेका सुवोधमाथि थप अनुसन्धान भइरहेको डीएसपी विष्टले बताए ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post