पुष २२,भद्रपुर। जंगलमा सिकार खेल्न गएका एक युवक दुईवटा भरूवा बन्दुकसहित पक्राउ परेका छन्।
बन्दुकसहित पक्राउ पर्नेमा जिल्लाको कचनकवल गाउँपालिका ७ खुट्टामारी बस्ने ३२ वर्षीय मनिष माङमु रहेको सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापाका एसपी रमेशकुमार पाण्डेले जानकारी दिए।
मंगलबार बेलुका ५ बजेको समयमा कचनकवल ७ स्थित पाथीभरा सामुदायिक वनमा केही व्यक्ति बन्दुक बोकेर सिकार खेल्न प्रवेश गरेको भनी सूचना आएपछि बिओपी पृथ्वीनगर र पाठामारीबाट गएको सशस्त्र प्रहरी टोलीले माङमुलाई हतियारसहित पक्राउ गरेको एसपी पाण्डेले जानकारी दिए।
यता, पक्राउ परेका माङमुलाई हतियारसहित आवश्यक कारवाहीका लागि प्रहरी कार्यालय झापा बुझाइसकेको जनाइएको छ।