आज ललितपुरका विभिन्न ठाउँमा विद्युत अवरुद्ध हुने !

 कोरखबर   २२ पौष, २०७७



पुस २२, ललितपुर । ललितपुरका विभिन्न ठाउँमा आज विद्युत अवरुद्ध हुने भएको छ ।

पुलचोक वितरण केन्द्रको रिंगरोड फिडर अन्तर्गत नख्खु चोक, बागडोल, धोबिघारा, मालपोखरी, धोबीघाट, नयाँबाटो, सनराइज टावरलगायत क्षेत्रमा ट्रान्सफर्मर जडानको काम गर्नुपर्ने भएकोले विद्युत अवरुद्ध हुने भएको हो ।

ट्रान्सफर्मर जडानका लागि पुलचोक वितरण केन्द्रको रिंगरोड फिडर सटडाउनमा राख्नुपर्ने भएकोले दिउँसो १ बजेदेखि ४ बजेसम्म बत्ति जाने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

यस्तै प्राधिकरणले निर्धारित समय अगावै ट्रान्सफर्मर जडानको काम सम्पन्न भए तोकिएको समयअगावै विद्युत आउने पनि जनाएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post