मुख्यमन्त्री जोगाउन शेरधन राईको राजधानीमा दौडधूप !

 कोरखबर   २१ पौष, २०७७



पौष २१,काठमाडौं । यतिबेला प्रदेश १ का मुख्यमन्त्री शेरधन राई काठमाडौंमा दौडधूप गरिरहेका छन् । आफूविरुद्ध नेपाल कम्युनिस्ट पार्टीका प्रचण्ड माधव नेपाल समूहले अविश्वासको प्रस्ताव दर्ता गरेपछि राई काठमाडौंमा सत्ता संकटबाट पार पाउन दौडधूपमा सक्रिय भएका हुन् ।

राई अहिले अल्पमतमा छन् । उनले बहुमतका लागि कि त नेकपाका आफू विरोधी प्रदेशसभा सांसदहरुमध्ये कम्तिमा १३ जनालाई आफ्नो पक्षमा ल्याउनुपर्छ कि त नेपाली काँग्रेसका प्रदेशसभा सांसदहरुको समर्थन पाउनुपर्छ । दुवै सम्भावना निकै कठिन भएको छ ।

सत्ता संकटबाट पार पाउन राईले नेपाली काँग्रेससँग छलफल बढाएका छन् । उनले प्रदेशमा काँग्रेससँग मिलेर सरकार गठन गर्न सकिनेबारे छलपल गरेका हुन् । काँग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की र अमृत अर्यालसँग राईले कुराकानी गरिसकेका छन् ।

मुख्यमन्त्री राईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रदेशको वस्तुस्थितिबारे जानकारी समेत गराएका छन् । उनले अविश्वासको प्रस्तावको सामना गर्दा अपुग सांसदहरु पुर्याउन काँग्रेसको साथ खोजिरहेका छन् । त्यसका लागि काँग्रेस सभापति शेरबहादुर देउवासँग पनि कुराकानी गरेको बुझिएको छ । विश्वस्त स्रोतका अनुसार उनले ग्रिन सिग्नल पाएका छन् ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post