जीप दुर्घटनामा पूर्वराज्यमन्त्रीसहित पाँच जना घाइते !

 कोरखबर   २० पौष, २०७७



पुस २०,सुर्खेत । नेपालगञ्जबाट सुर्खेत आउँदै गरेको जीप दुर्घटना हुँदा पूर्वराज्यमन्त्रीसहित पाँच जना घाइते भएका छन्। सोमबार दिउँसो १२ बजेतिर बा २१ च ४७४६ नम्बरको जीप बाँसगढी नगरपालिका–१ स्थित मौरीखोला र उन्तिसखोलाको बीचमा दुर्घटनामा परेको हो।

दुर्घटनामा पूर्वजलस्रोत राज्यमन्त्री विनोद कुमार साह, उनकी श्रीमती लक्ष्मी शाह, दैलेखको विन्द्रासैनी नगरपालिका–२ का सूर्य बहादुर शाही, आठबिस नगरपालिकाका पद्म माझी र चालक विनय भण्डारी घाइते भएका छन्। लक्ष्मी शाह जिल्ला समन्वय समिति दैलेखकी उपप्रमुख हुन्।

‘पूर्वमन्त्री साह, उनकी श्रीमती र चालकको अनुहारमा चोट लागेको छ । प्रहरी चौकी चेपाङका प्रहरी नायब निरीक्षक जय प्रकाश भट्टका अनुसार घाइतेहरूको अवस्था खतरामुक्त छ।

उनिहरुको अहिले अस्पतालमा उपचार भैरहेको छ । जीप सडकबाट करिब ६० मिटर तल खसेको प्रहरीले बताएको छ । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post