गृहमन्त्री बादललाई चितवनमा कालोझण्डा !

 कोरखबर   २० पौष, २०७७



पुस २०, चितवन । गृहमन्त्री रामबहादुर थापालाई चितवनमा नेकपा प्रचण्ड–माधव नेपाल समूहका कार्यकर्ताले कालो झण्डा देखाएका छन् । उनीहरुले भरतपुरको हाकिम चोकमा कालोझण्डा देखाएका हुन् ।

यसअघि भरतपुर विमानस्थल परिसरमा कालो बेलुन उडाएर उनको विरोध भएको थियो । नेकपा ओली समूहको अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्न बादल सोमबार गृहजिल्ला चितवन पुगेका हुन् ।

पूर्वमाओवादी धारका बादल नेकपा विभाजित बनेपछि ओलीतिर लागेका छन् । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post