५० थान गोलीसहित विमानस्थलबाट एकजना पक्राउ !

 कोरखबर   २० पौष, २०७७



पुष २०,काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पेस्तोलमा प्रयोग हुने ५० थान गोलीसहित एक जना पक्राउ परेका छन् ।

झापा मेचीनगर-२ का बद्रीहाङ राई ९ एमएमको पेस्तोलको गोलीसहित पक्राउ परेका एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए ।

राई श्री एयरलाइन्सको जहाजबाट भद्रपुर जाँदै थिए । चेकजाँचको क्रममा विमानस्थल सुरक्षा प्रहरी कार्यालयले राईलाई पक्रेको हो । यस घटनाको विस्तृत विवरण आउन बाँकी छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post