पत्नी सिताको उपचारका लागी प्रचण्ड आज भारत जाँदै !

 कोरखबर   २० पौष, २०७७



पुष २०,काठमान्डौ । नेकपा (प्रचण्ड–माधव) समुहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको थप उपचारको निम्ति भारतको मुम्बई जाँदै हुनुहुन्छ । आज बिहान सवा ११ बजेको नेपाल वायुसेवा निगमको उडानबाट छोरीहरू रेणु र गंगा पनि सँगै जान लागेको बताइएको छ ।

पत्नी सीताको झण्डै तीन साताको उपचारको लागि प्रस्थान गर्न लाग्नुभएका दाहाल सबै बन्दोबस्त मिलाएपछि दुई चार दिनमा स्वदेश फर्कनुहुने पारिवारिक स्रोतले बताएको छ ।

बिरामी कुर्नको लागि दिदी र बहिनीले पालो मिलाएबमोजिम पहिले बहिनी गंगा र त्यसपछि दिदी रेणुले पालो दिने बुझिएको छ । अस्पतालको सबै प्रक्रिया मिलाइसकिएकाले अस्पताल पुर्याएलगत्तै उपचार थालिने र बिरामी कुरुवा मात्रै बाहिरको होटलमा बस्नुपर्ने छ ।

स्रोतले अध्यक्ष दाहालको मुम्बईमा रहँदा कुनैपनि राजनीतिक भेटघाटको कार्यक्रम नरहेको बताएको छ । तर, आज दिल्लीको तीन घण्टे ट्रान्जिटमा पूर्व प्रधानमन्त्रीको नाताले भिआइपी कक्षमा भारतीय अधिकारीहरु शिष्टाचार भेटका निम्ति आउन सक्ने सम्भावना रहेको स्रोत बताउँछ । 

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post