रोकिराखेको ट्रिपरमा ठोक्किएर स्कुटर चालक गम्भीर घाइते !

 कोरखबर   २० पौष, २०७७



पुस २०,काठमाडौं । बौद्धमा रोकिराखेको ट्रिपरमा ठोक्किएर एक जना स्कुटर चालक गम्भीर घाइते भएका छन्। बा २ प ६२ नम्बरको रोकिराखेको ट्रिपरमा बा ९२ प १६६४ स्कुटर ठोक्किदा बौद्ध टुसालका फूर्वा शेर्पा घाईते भएका हुन् ।

आफन्तको घरमा सामान छाड्न ट्रिपर रोकिएको रहेछ, बौद्ध वृतका ट्राफिक प्रहरी निरीक्षक नविनकुमार अधिकारीले भने,पछाडीबाट आएर स्कुटर ठोक्किएछ।

प्रहरीले ट्रिपर चालक राकेश तामाङलाई नियन्त्रणमा लिएको छ। घाइते स्कुटर चालक शेर्पालाई वीर अस्पतालको ट्रमा सेन्टरमा रिफर गरिएको छ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post