नालीको फोहोरमा बेवारिसे शिशुको शव फेला !

 कोरखबर   १९ पौष, २०७७



पुष १९,उदयपुर । उदयपुरको कटारीमा नवजात शिशुको शव बेवारिसे अवस्थामा फेला परेको छ ।

कटारी नगरपालिका ४ स्थित बसपार्क नजिकैको नालीमा भर्खरै जन्मिएको बच्चाको शव फेला परेको हो । नालीको फोहोरको बीचमा भेटिएको उक्त बच्चाको शवबारे इलाका प्रहरी कार्यालय कटारीले छानविन गरिरहेको डिएसपी हेमन्त भण्डारीले बताए ।

शवको प्रहरीले मुचुल्का तयार गरी पोष्टमार्टमका लागि कटारी अस्पतालमा राखेको उनले जानकारी दिएका छन् । अवैध रुपमा बच्च जन्मिएपछि फालेको हुनसक्ने प्रहरीको अनुमान छ । बच्चाको आमाको पनि खोजी गरिरहेको प्रहरीले जनाएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post