१ लाख ८४ हजार बढी श्रमिक सामाजिक सुरक्षा कोषमा सूचीकृत !

 कोरखबर   १९ पौष, २०७७



पुस १९, काठमाण्डौ । श्रम रोजगार तथा योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा १ लाख ८४ हजार बढी श्रमिक सूचीकृत भएका छन् ।

गएको शुक्रबारसम्म कोषमा १३ हजार ४५ रोजगारदाताका एक लाख ८४ हजार १६७ श्रमिक सूचीकृत भएको सामाजिक सुरक्षा कोषले जनाएको छ । अहिलेसम्म सबैभन्दा बढी वाग्मती प्रदेशबाट ८ हजार ८ सय ३३ रोजगारदाता र एक लाख ३८ हजार ५० श्रमिक सूचीकृत भएका छन् ।

यस्तै प्रदेश एकबाट एक हजार ८ सय ६० रोजगारदाता र १८ हजार ६ सय १३ श्रमिक सूचीकृत भएका छन् । लुम्बिनी प्रदेशबाट ९३८ रोजगारदाता र ५ हजार ९ सय ६ श्रमिक, गण्डकी प्रदेशबाट ५ सय ९९ रोजगारदाता र ६ हजार ९८९ श्रमिक सूचीकृत भएका छन् ।

यस्तै प्रदेश २ बाट ५ सय ३१ रोजगारदाताका एक लाख ३४ हजार ८९ श्रमिक, सुदूरपश्चिम प्रदेशबाट १५० रोजगारदाताका ६६८ श्रमिक र कर्णाली प्रदेशबाट १३४ रोजगारदाताका ४५३ श्रमिक सूचीकृत भएका छन् ।

यस्तै कोषमा तीन सय ५६ करोड ७७ लाख रुपैयाँ योगदान रकम जम्मा भएको सामाजिक सुरक्षा कोषले जनाएको छ । कोषका अनुसार अहिलेसम्म एक हजार ४ सय ६४ श्रमिक तथा उनीहरुका आफन्तले दुई करोड ४६ लाख रुपैयाँ बराबरको रकम दावी भुक्तानी गरेका छन् । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post