उदयपुरमा ६ वर्षीया बालिकामाथि बलात्कार प्रयास !

 कोरखबर   १९ पौष, २०७७



पुस १९, काठमाडौं । उदयपुरको बेलका नगरपालिका–३ मा ६ वर्षीया बालिकामाथि बलात्कार प्रयास गरिएको छ ।

स्थानीय ५९ वर्षीय पुरुषले बलात्कार प्रयास गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी बेद प्रसाद गौतमले रातोपाटीलाई बताए । आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।

छिमेकी बालिकालाई ती पुरुषले फकाएर बलात्कार प्रयास गरेको थाहा पाएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए ।

आरोपीलाई ‘जबर्जस्ती करणी उद्योग’ मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको डिएसपी गौतमले बताए । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post