जाजरकोटमा अज्ञात समूहले सांसदको गाडी जलाए !

 कोरखबर   १७ पौष, २०७७



पुष १७, जाजरकोट । कर्णाली प्रदेश अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति चढ्ने गाडी गए राति अज्ञात समूहले आगजनी गरेको छ ।

जाजरकोट (क) निर्वाचित प्रदेशसभा सदस्य एवं सभापति गणेशप्रसाद सिंह चढ्दै आएको कर्णाली प्रदेश ०२००१ झ ००४० नं को उक्त गाडी भेरी नगरपालिका–७ पुनमा गए राति अन्दाजी १० बजेको समयमा अज्ञात समूहले पेट्रोल छर्केर आगजनी गरेको हो ।

प्रदेशका योजना अनुगमन गर्न गएका सिंहको गाडी अज्ञात समूहले जलाएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । आगजनीबाट गाडी पूर्ण रुपमा जलेको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post