प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना !

 कोरखबर   १५ पौष, २०७७



पुस १५, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) (प्रचण्ड–माधव पक्ष) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहाल अस्वस्थ बनेकी छन् ।

अस्वस्थ बनेपछि उनलाई अस्पताल भर्ना गरिएको छ । छोरी गंगा दाहालले सीताको तस्विर सेयर गर्दै उनको उपचार भइरहेको जनाएकी छन् ।

सीता दाहाल पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले पीडित छिन् । त्यसलाई प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी) भनिन्छ ।

यसअघि उनको अमेरिकास्थित जोन हप्किन्स अस्पतालमा समेत उपचार भएको थियो ।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post