पुस १५, काठमाडौं । लकडाउनको बेला काठमाडौं उपत्यकामा ठप्प भएको चोरी मानवीय क्रियाकलाप पुरानै अवस्थामा फर्किएसँगै बढ्न थालेका छन् ।
मंगलबार साँझ मात्रै काठमाडौंका ३ ठाउँमा चोरी भएका छन् । तारकेश्वर नगरपालिका–११ शुभकामना चोकमा रबिनकुमार लामाको कोठामा चोरी भएको छ । सिराह घर भएका लामाको डेराको ताला फोडेर ३ तोला सुन र ५० हजार नगद चोरिएको प्रहरीले जनाएको छ ।
काठमाडौं महानगर–१५ अजिमा हल नजिकै भूमिका थापा मगर र मनिषा गुरुङको डेराबाट पनि गहना र नगद चोरी भएको छ । भूमिका र मनिषाको कोठाको ताला फुटाएर चोरी गर्ने समूहले २ लाख १० हजार बराबरको धनमाल चोरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
नागार्जुन नगरपालिका–५ थापाचोक बस्ने पवन सुनुवारको घरबाट २ लाखभन्दा बढीको सुनका गहना चोरी भएको छ । चोरीमा संलग्नको खोजी भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।