ऊर्जामन्त्री र भारतीय राजदूतबीच भेटवार्ता !

 कोरखबर   १४ पौष, २०७७



पुष १४, काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीसँग नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले आज भेटवार्ता गरेका छन् ।

भेटवार्तामा नेपाल–भारत संयुक्त परियोजनाहरुको कार्यान्वयन र द्विपक्षीय ऊर्जा सहकार्यलाई अघि बढाउने विषयमा छलफल भएको राजदूत क्वात्राले जानकारी दिएका छन् ।

रायमाझी मन्त्री बनेकोमा क्वात्राले बधाईसमेत दिएका थिए । माओवादी पृष्ठभूमिका रायमाझीले प्रचण्डको साथ छोडेपछि उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले गत शुक्रबार मन्त्री नियुक्त गरेका थिए ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post