ट्याक्टर दुर्घटनामा चालकको ज्यान गयो !

 कोरखबर   १३ पौष, २०७७



पुष १३, खोटाङ । खोटाङमा ट्याक्टर दुर्घटना हुँदा चाललको मृत्यु भएको छ ।

जिल्लाको दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेको सिमानामा पर्ने साप्सु खोलामा ट्याकटर दुर्घटना हुदा बागमती नगरपालिका–१ सर्लाहीका कैलाश भनिने धनकुमार भुजेलको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

ढुंगा लिन गएको अवस्थामा फसेको अर्को ट्याक्टर तानेर निकाल्नका लागि गएको ज ७ त २२६६ नम्बरको ट्याक्टर रित्तो ट्याक्टर आइतबार दिउँसो पल्टिएको हो ।

निर्माणाधिन साप्सु खोलामा गिटि लिन जाँदा ट्याक्टर दुर्घटना भएको हो । ट्याक्टर करिव १ हजार मिटर तल खसेको जनाइएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post