जग्गा व्यापारी सहदेव कक्षपती पक्राउ, यस्तो छ कसुर !

 कोरखबर   १३ पौष, २०७७



पुष १३,काठमाडौं। प्रहरीले जग्गा व्यापारी सहदेव कक्षपतीलाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले २ करोड रुपैयाँको चेक अनादर केसमा नियन्त्रणमा लिएको  परिसरका डिएसपी प्रमेश विष्टले जानकारी दिए। गत मंसीर १ गते  दर्ता भएको मुद्धामा निर्देशक कक्षपतीलाई काठमाडौं जिल्ला अदालतले २ करोड रुपैयाँ विगो सहित ३ महिना कैद र ३ हजार रुपैयषाँ जरिवाना ठहर गरेको थियो।

काठमाडौं महानगरपालिका वडा नम्वर ३४ बस्ने राजेन्द्र प्रसाद गोयलले चेक अनादर केसमा होटेल एभरेष्टका  प्रवन्ध निर्देशक सारिक लारी र कक्षपती विरुद्ध उजुरी दिएका थिए। प्रहरीले कक्षपतीलाई जिल्ला अदालतमा आवश्यक कारवाहीको लागी वुझाएकोमा अदालतले कैद भुक्तानको लागि डिल्लिवजार कारागार थुनामा पठाएको छ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post