पौष १३,काठमाडौँ । नेपाल भ्रमणमा आजै काठमाडौँ आइपुगेको चिनियाँ कम्युनिष्ट पार्टीको टोलि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्न उनको निवास खुमालटार पुगेको छ ।
चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ यहुसहित आएको चार सदस्यीय टोलिले आइतबार काठमाडौँ आउनासाथ राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली भेटेको थियो ।
अहिले खुमालटारमा चिनियाँ टोलि र प्रचण्डबीच छलफल भइरहेको स्रोतले बताएको छ ।
नेकपाको बिभाजनबाट असन्तुष्ट रहेको चिनियाँ कम्युनिष्ट पार्टीको यो टोलिले नेकपाको दुवै समूहलाई भेटेर एकता पुनःस्थापित गर्ने प्रयास गर्ने बुझिएको छ । चिनियाँ टोलिले नेताहरुलाई भेटेर नेकपाको फेरी एकताको सम्भावनाको खोजि गरिरहेको बताइएको छ ।
नेपाल भ्रमणको क्रममा यहुको टोलीले नेकपाको प्रचण्ड-नेपाल समूहका अर्का अध्यक्ष माधवकुमार नेपाललगायतका नेताहरुलाई भेट्ने कार्यक्रम रहेको बताइएको छ ।