संसद विघटनविरुद्ध काँग्रेसले आज देशव्यापी प्रदर्शन गर्दै !

 कोरखबर   १३ पौष, २०७७



पुष १३, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सोमबार (आज) देशका १६५ वटै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शन गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा काँग्रेसले सडकबाट प्रदर्शन गर्न लागेको हो ।

गत मंगलबारबाट जारी केन्द्रीय समिति बैठकलाई केही दिन स्थगित गरी काँग्रेस आज प्रदर्शनमा निस्किएको छ । सभापति शेरबहादुर देउवा पक्ष संसद पुनस्र्थापनाको मुद्दा उठाउन नहुने पक्षमा देखिन्छ भने संस्थापनइतरका नेताहरु असैंवधनिक रुपमा संसद विघटन गरिएकाले पुनस्र्थापनाको मुद्दा जबरजस्त उठाउने पक्षमा देखिन्छन् ।

असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरिएको सन्देश लिएर काँग्रेस १६५ वटा निर्वाचन क्षेत्रका मतदात माझ पुग्न लागेको हो ।  साथै संसद पुनस्र्थापना नहुँदा पनि आजको प्रदर्शन काँग्रेसका लागि पहिलो चुनावी अभियान पनि बन्ने छ ।

किनभने प्रधानमन्त्री ओलीले संसद विघटनसँगै आगामी बैशाख १७ र २७ गतेका लागि मध्यावधि निर्वाचनको मिति घोषणा गरिसकेको अवस्था छ ।

आजको प्रदर्शनलाई काँग्रेसले निर्वाचन क्षेत्रव्यापी संसद विघटनको विरोध र चुनावी अभियानका रुपमा उपयोग गर्ने देखिन्छ । त्यसैले पनि अधिकाश नेताहरु आफ्नो निर्वाचन क्षेत्रको विरोधसभा केन्द्रित भएको पाइएको छ । यद्यपि डडेलधुरा निर्वाचन क्षेत्र भएका सभापति शेरबहादुर देउवाले भक्तपुर कार्यक्रमलाई सम्बोधन गर्ने छन् ।

यस्तै झापा निर्वाचन क्षेत्र भएका प्रवक्ता विश्वप्रकाश शर्माले काठमाडौं कोटेश्वर र काठमाडौं निर्वाचन क्षेत्र भएका केन्द्रीय केन्द्रीय सदस्य गगन थापाले नेपालगञ्जको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

यता वरिष्ठ नेता रामचन्द्र पौडेल आफ्नो निर्वाचन क्षेत्र तनहुँको कार्यक्रमलाई सम्बोधन गर्न पुगेका छन् भने महामन्त्री शशांक कोइराला नवलपुरको कार्यक्रमलाई सम्बोधन गर्दैछन् ।

यस्तै काठमाडौँ क्षेत्र नम्बर १ को कार्यक्रमलाई पूर्वमहामन्त्री प्रकाशमान सिंहले सम्बोधन गर्नेछन् भने केन्द्रीय सदस्य मिनेन्द्र रिजालले मोरङको कायक्रमलाई सम्बोधन गर्ने भनिएको छ ।

सभापतिबाहेक शीर्ष नेताहरुले पनि आफ्नो निर्वाचन क्षेत्रमा संवोधन गर्ने कार्यक्रम रहेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार अधिकांश केन्द्रीय सदस्य आफ्नो निर्वाचनको कार्यक्रममा सहभागी हुने छन् ।

काठमाडौँका दश निर्वाचन क्षेत्रका विभिन्न  १० ठाउँमा आज विरोध प्रदर्शन र सभा हुनेछ । अधिकांश प्रदर्शन दिउँसो १ बजेदेखि सुरू हुने काठमाडौँ काँग्रेसले जनाएको छ ।

१० वटा निर्वाचनमा प्रदर्शन हुने ठाउँ

  • निर्वाचन क्षेत्र नम्बर १ – नयाँबानेश्वरस्थित होटल एभरेस्ट अगाडि
  • निर्वाचन क्षेत्र नम्बर २ – कोटेश्वर चोक
  • निर्वाचन क्षेत्र नम्बर ३ – जोरपाटी चोक
  • निर्वाचन क्षेत्र नम्बर ४ – नारायणचौर नक्साल
  • निर्वाचन क्षेत्र नम्बर ५– महाराजगन्जस्थित नारायणगोपाल चोक
  • निर्वाचन क्षेत्र नम्बर ६– मनमैजुस्थित लोकतान्त्रिक चोक
  • निर्वाचन क्षेत्र नम्बर ७ – बालाजु चोक
  • निर्वाचन क्षेत्र नम्बर ८ – बसन्तपुर डबली
  • निर्वाचन क्षेत्र नम्बर ९ – कलंकी चोक
  • निर्वाचन क्षेत्र नम्बर १० – कीर्तिपुर बजार


 प्रतिक्रिया


 थप राजनीतिक खबर

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !


विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !

विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !


शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !


माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !

माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !


देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित


आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने

आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने


देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने

देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने



विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post