कानून मन्त्रालयमा अपेक्षित सफलता प्राप्त भयोः मन्त्री तुम्बाहाङ्फे

 कोरखबर   १२ पौष, २०७७



पुस १२, काठमाडौं । नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमा रहँदा अपेक्षा अनुसार काम गर्न सफल भएको दावी गरेकी छिन् ।

आइतबार कानून मन्त्रालयबाट विदाई हुने क्रममा मन्त्री तुम्बाहाङ्फेले विभिन्न ऐन, नियम बनाउने सन्दर्भमा महत्वपूर्ण उपलब्धी हासिल गर्न सफल भएको दावी गरेकी हुन् । मौलिक हकसँग जोडिएका विषयमा आफूले पद बहाली गर्दा हस्ताक्षर गरे अनुसार नै अधिकांश ऐन र नियमावली निर्माणमा सफलता प्राप्त गरेको उनले बताइन् ।

मौलिक हकसँग जोडिएका १६ वटा ऐन बनाएकोमा १४ वटाको नियमावली बनाइसकेको र २ वटा बन्ने क्रममा रहेको उनको भनाई । यस्तै १२ वटा मस्यौदाका लागि सैद्धान्तिक सहमति दिएको पनि मन्त्री तुम्बाहाङ्फेले बताइन् । त्यसबाहेक २५ वटा विधेयक तथा अध्यादेशको मस्यौंदा तर्जुमा गर्न पनि सैद्धान्तिक सहमति दिइएको उनको भनाई छ ।

नेपालको संविधानमा निशान छापमा लिपुलेक, लिम्पियाधुरा र कालापानी समावेस भएको नक्सा प्रकाशित गर्ने सम्बन्धमा महत्वपूर्ण भूमिका निर्वाह गर्न पाउनुलाई पनि आफ्नो उपलब्धी भएको बताइन् ।

तेजाब आक्रमणसँग जोडिएको अध्यदेश ल्याउन सफल हुँदा देशका सबै नागरिक खुशि भएको पनि मन्त्री तुम्बाहाङ्फेले बताइन् । जबरजस्ती करणी, यौनजन्य हिंसा लगायतका घटनामा कसुरदार ठहरिने अवस्थासम्म पुग्न नदिई मेलमिलाप गराउने प्रचलनलाई अन्त्य गर्न मेलमिलाप गराउने व्यक्तिलाई समेत कानूनी कारबाही गर्ने व्यवस्था गर्न सफल भएको पनि उनले बताइन् । त्यसबाहेक संघ, प्रदेश र स्थानीय तहबीच समन्वय हुनेगरी ऐन नियमहरु निर्माण गरिएको पनि उनले बताइन् ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post