नेकपाको विवाद मिलाउन चिनियाँ टोली काठमान्डौमा !

 कोरखबर   १२ पौष, २०७७



पुष १२,काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक राजनीतिक किचलोका कारण विकसित पछिल्लो अवस्थाबारे जानकारी लिन र उपयुक्त सल्लाह सुझाव प्रदान गर्न चिनियाँ टोली नेपाल आएको छ ।

एयर चाइनाको चार्टर्ड विमानबाट उत्तरी छिमेकी चीनका उच्च अधिकारीको टोली आइतबार काठमाडौं आइपुगेको हो । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वमा चार सदस्यीय टोली रहेका छन् । चिनियाँ टोलीको भ्रमणबारे जानकारी नदिइए पनि नेकपा विभाजनमा पुगेका बेला रोक्ने कसरतका लागि गुओ नेपाल आएको दावी गरिएको छ ।

चार दिन नेपाल बस्दा चिनियाँ प्रतिनिधिमण्डलले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली, नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाललगायतसँग भेटवार्ता गर्ने बताइएको छ ।

२०७४ सालमा पनि नेता गुओ फागुनमा नेपाल आएको र उहाँको भ्रमण लगत्तै नेपालका दुई कम्युनिष्ट पार्टी एमाले र र माओवादी केन्द्रबीच पार्टी एकीकरण सम्भव भएको थियो ।

नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले पनि पटक पटक राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री ओलीलगायतका शीर्ष नेतासँग भेटवार्ता गरिरहनु भएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post