अविश्वास प्रस्तावको आरामले सामना गर्छु : मुख्यमन्त्री राई

 कोरखबर   १२ पौष, २०७७



पुष १२,विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावको आरामले सामना गर्ने बताएका छन्। आइतबार बिहान प्रदेशसभा सचिवालयमा प्रचण्ड–नेपाल समुहका ३७ जना सांसदले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि प्रतिक्रिया दिदैँ मुख्यमन्त्री राईले अविश्वासको प्रस्तावले आफू नआतिएको बताए।

‘केन्द्रको राजनीतिक गतिरोध र प्रतिनिधिसभा विघटनलाई आधार बनाएर यो प्रदेशमाथि सुनियोजित रुपमा आक्रमण भएको हो’, उनले भने, ‘म यसको सामना आरामले गर्छु।’

उनले दर्ता भएको अविश्वासको प्रस्ताव आफूमाथि मात्रै नभइ प्रदेश माथिकै आक्रमण भएकाले यसलाई सांसदले केलाएर बुझ्ने र आफूलाई बहुमत सांसदले साथ दिने विश्वास समेत व्यक्त गरे।

प्रदेश सरकार असक्षम भएर, प्रदेश सरकारले काम गर्न नसकेर र मुख्यमन्त्रीले नाजायज काम गरेर नभइ कसैद्वारा निर्देशित भएर मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको उल्लेख गर्दै उनले प्रस्ताव सुनियोजित भएको दाबी गरे।

अविश्वासको प्रस्ताव ल्याउनेहरुको अनुहार हेर्दै आफूविरुद्ध लागेको आरोपको आगामी माघ ७ गते बस्ने प्रदेशसभाको बैठकमा मज्जाले जवाफ दिने मुख्यमन्त्री राईले बताए।  



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post