दाहाल–नेपाल पक्षद्वारा सिन्धुलीमाडीमा प्रदर्शन !

 कोरखबर   १२ पौष, २०७७



पुस १२, सिन्धुली । संसद् विघटनविरुद्ध दाहाल–नेपाल पक्षले आइतबार सिन्धुलीमाडीमा प्रदर्शन गरेको छ । नेकपा पार्टी कार्यालय अगाडि सडकबाट निस्किएको र्‍यालीले सदरमुकाम सिन्धुलीमाडीको बजार परिक्रमा गरेको थियो ।

४ दिन अगाडि कमलामाई नगरपालिका–६ दुई नम्बर बजार पुछारमा रहेको पार्टी कार्यालयमा ओली पक्षले ताला लगाइ कब्जा गरेको जनाएको थियो । आइतबार दुवै पक्षले पार्टी कार्यालयमा कार्यक्रम राखेका थिए । पार्टी कार्यालयमा झडपको सम्भावना बढेपछि बिहानैदेखि सुरक्षाकर्मीले घेरा हालेर बसेका थिए । प्रहरीले दुवै पक्षलाई छिर्न दिएनन् ।

दाहाल–नेपाल पक्षले पार्टी कार्यालय अगाडिको सडकलाई केन्द्र बनाएर र्‍याली सुरु गरेका थिए भने ओली पक्ष गएनन् । असंवैधानिक कदम फिर्ता गर, पार्टी एकता कायम गर जस्ता नारा र्‍यालीमा लगाइएको थियो । ढिलो गरी दाहाल–नेपाल पक्षमा खुलेका पूर्वकृषिमन्त्री एवं विघटित सांसद हरिबोल गजुरेलले संविधानमा नै नभएको अधिकार प्रधानमन्त्रीले प्रयोग गरेकाले संसद् विघटन नहुने बताए । गलत कदम भएरै विरोधमा उत्रिनु परेको उनको भनाइ थियो । पार्टी कार्यालय ओली पक्षले कब्जामा लिएको भने उनले स्वीकारेनन् ।

विघटित सांसद गणेश पहाडीले संविधान र गणतन्त्रको रक्षाका लागि सडकमा ओर्लिएको बताए । यसअघि नखुलेका कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्री पनि र्‍यालीमा सहभागी भए । ओली पक्षले पनि आइतबार नै ९ वटै स्थानीयतहमा कार्यक्रम गरेको छ ।



 प्रतिक्रिया


 थप राजनीतिक खबर

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !


विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !

विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !


शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !


माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !

माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !


देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित


आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने

आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने


देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने

देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने



विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post