मन्त्रीपरिषद बैठक बेलुका ६ बजे बस्ने !

 कोरखबर   १० पौष, २०७७



पौष १०,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद बैठक बोलाएका छन् । ओलीले शुक्रबार बेलुका ६ बजेका लागि बैठक बोलाएका छन् ।

संसद विघटनपछि पहिलोपटक मन्त्रीपरिषद बैठक बस्न लागेको हो । गएको आइतबार प्रधानमन्त्री ओलीले मन्त्रीपरिषद मार्फत प्रतिनिधिसभा विघटनको सिफारिस गराई राष्ट्रपति समक्ष लगेका थिए । सोही दिन राष्ट्रपतिले संसद विघटन गरेकी थिइन् । त्यसपछि प्रचण्ड–नेपाल खेमाका सात मन्त्रीले राजीनामा दिएका छन् ।

बेलुका बस्ने बैठकमा समसायिक राजनीतिक घटनाक्रम बारे छलफल हुने जनाइएको छ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post