पौष १०,काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूह निर्वाचन आयोग पुगेको छ ।
माइतीघरमा भेला भएका केन्द्रीय सदस्य र सांसदहरु नाराबाजीसहित निर्वाचन आयोग पुगेका हुन् ।
संसद विघटनको असंबैधानिक कदमको विरोध गर्दै सडकमा उत्रिएको छ । उनीहरुले प्रतिगामी षड्यन्त्र मुर्दावाद, असंबैधानिक कदम खारेज गर लगायतका नारा लगाइरहेका छन् । उनीहरु आफू बहुमत भएको प्रमाण पेश गर्न निर्वाचन आयेग पुगेका हुन् ।