छुट्टाछुट्टै घटनामा दुई बालकको मृत्यु !

 कोरखबर   १० पौष, २०७७



डोटी, १० पुस । डोटी जिल्लामा छुट्टाछुट्टै घटनामा परी दुई जना बालकको ज्यान गएको छ ।

डोटीको शिखर नगरपालिका वडा न. ६ कोटगाउँमा स्कार्पियोको ठक्करबाट मोहन बलायरका ६ बर्षिय छोरा गौरब बलायरको मृत्यु भएको हो । धनगढी तर्फ जाने गरेको से १ च १००९ नम्बरको स्कार्पियोको ठक्करले गम्भीर घाइते भएका गौरबको उपचारका लागि सेती प्रादेशिक अस्पताल लैजादै गर्दाबाटो मै मृत्यु भएको हो ।

यसैगरी जिल्लाको बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर २ केदाराअखडा गराँजु घर भएका गगन सिं बोहराका १० वर्षीय छोरा गणेश बोहराको भिरबाट लडेर मृत्यु भएको छ । बिहिवार साँझ घरबाट सजनाऔल भन्ने स्थानमा जाने क्रममा भिरबाट करिव तिन सय मिटर तल खसेका उनको घटना स्थलमै मृत्यु भएको मृतकका आफन्त पारश बोहराले जानकारी दिए ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post