संसद विघटनको विरोधमा दाहाल–नेपाल समूहले देशैभर प्रदर्शन गर्ने !

 कोरखबर   ९ पौष, २०७७



पुष ९,काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहले संसद विघटनको विरोधमा आन्दोलन गर्ने घोषणा गरेको छ । विहीबार (आज) दाहाल–नेपाल समूहको केन्द्रीय कार्यसमिति बैठकले संसद विघटनको विरोधमा १४ गते देशभर प्रदर्शन गर्ने घोषणा गरेको हो ।

बैठकले प्रवक्तासमेत रहेका नेता नारायणकाजी श्रेष्ठको नेतृत्वमा आन्दोलन परिचालन समिति गठन गरेको हो । उक्त समिति दुई हजार पाँच सय १ सदस्यीय रहेको बताइएको छ ।

यसैबीच नेकपाको प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली समूहको पनि आज केन्द्रीय कार्यसमिति बैठक बसेको छ । प्रधानमन्त्री ओलीको सिफारिसमा गत आइतबार मात्रै राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी थिइन् ।



 प्रतिक्रिया


 थप राजनीतिक खबर

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !


विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !

विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !


शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !


माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !

माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !


देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित


आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने

आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने


देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने

देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने



विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post