ओलीको सनकले देशलाई भड्खालोमा पुर्‍यायो : चित्रबहादुर केसी

 कोरखबर   ९ पौष, २०७७



पुस ९, बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री केपी ओलीको सनकले देश भड्खालोमा परेको बताएका छन् । उनले पार्टीभित्रको विवाद मिलाउन नसक्दा प्रतिनिधिसभा नै विघटन गरेर देश भड्खालोमा पार्ने र संविधानमाथि धावा बोल्ने काम गरेको बताए ।

रिपोटर्स क्लब लुम्बिनीले बुटवलमा बिहीबार आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष केसीले कसैको उन्माद, सनक, पद र प्रतिष्ठाका लागि गरिएको संसद् विघटनविरुद्ध संसद् पुनस्स्थापनाका लागि आन्दोलन चर्काउनुपर्ने बताए । ‘गणतन्त्र, देशको स्वाधिनता, राष्ट्रियता र धर्मनिरपेक्षताविरुद्ध आवाज उठिरहेका बेला ओलीले मध्यावधि निर्वाचन घोषणा गर्नु बदमासी, जबरजस्ती, अलोकतान्त्रिक हो,’ उनले भने, ‘असंवैधानिक कदमविरुद्ध सबै दल मिलेर आन्दोलनमा जानुको विकल्प छैन ।’

उनले ओलीले आफ्नो दलभित्रको विवाद मिलाउन नसक्दाको सनक संसद्मा पोखेको बताए । उनले भने, ‘आफ्नो दल मिलाउन पनि नसक्ने, बहुमतको निर्णय पनि नमान्ने । अब मान्नुपर्ने भयो भने पनि संसद विघटन गरेर मध्यावधि चुनावमा जाने रु त्यस्तो पनि गर्न पाइन्छ,’ उनले प्रश्न गरे ।

अध्यक्ष केसीले संविधानले बहुमत ल्याउने दललाई ५ वर्ष शासन गर्ने म्यान्डेट दिएको र दलहरुले पनि त्यही अवसर दिएकाले जसरी पनि संसद् पुनस्स्थापना हुनुपर्ने बताए । ‘संसद् विघटन गर्ने प्रावधान नै नभएको र विघटन गर्नुपर्ने कुनै कारण नभएकाले अविलम्ब संविधान पुनस्स्थापना हुनुपर्छ,’ उनले भने, । अध्यक्ष केसीले संसद् विघटन गरेकै दिन राजमोले नेकपालाई दिएको समर्थन फिर्ता गरेको बताउँदै अब ओलीलाई सरकार बनाउन अरु कसैले पनि सघाउन नहुने बताए ।

ओलीले सनकमा आएर गरेको संसद् विघटनको निवेदनमा सर्वोच्च अदालतले विपक्षमा फैसला गर्ने केसीले आशा गरे । कतिपय अवस्थामा देशमा उल्टा निर्णय आउने र देशलाई भड्खालोमा हाल्ने काम भएको बताउँदै उनले यसपालि त्यस्तो नहुने आश गरेको बताए । ‘कतिपय इतिहासका फैसला देशलाई भड्खालोमा हाल्ने खालका पनि छन् । यसपालि त्यस्तो नहोस्,’ उनले भने ।



 प्रतिक्रिया


 थप राजनीतिक खबर

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !


विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !

विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !


शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !


माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !

माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !


देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित


आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने

आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने


देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने

देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने



विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post