जनकपुरको मिथिला डिपार्टमेन्टमा भिषण आगलागी !

 कोरखबर   ९ पौष, २०७७



पुष ९, जनकपुरधाम । जनकपुरधामस्थित मिथिला डिपार्टमेन्ट स्टोरमा भिषण आगलागी भएको छ । स्थानीय शिव चोकस्थित यो स्टोरको दोस्रो तल्लामा एक्कासी आगलागी भएको हो । बिहान ११ बजेतिर आगलागी भएपछि अहिले निभाउने प्रयास जारी छ ।

आगो निभाउन स्थानीय व्यक्ति, नेपाल तथा सशस्त्र प्रहरी ठूलो संख्यामा जुटेका छन् । आगोलाई नियन्त्रणमा लिनका लागि जनकपुरधाम उपमहानगरपालिकाको बारुण यन्त्र आगलागी स्थलमा पुगिसकेको प्रहरीले जनाएको छ ।

आगलागी कसरी भयो भन्ने कुरा खुल्न सकेको छैन् ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post