वरिष्ठ उपाध्यक्ष नपाएपछि गृहमन्त्री थापा ढल्किए ओलीतिर !

 कोरखबर   ९ पौष, २०७७



पुस ९,काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपाको वरिष्ठ उपाध्यक्ष बन्ने प्रयास असफल भएपछि गृहमन्त्री रामबहादुर थापा प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपामै रहने निष्कर्षमा पुगेका छन्।

बुधबारसम्म पनि गृहमन्त्रीबाट राजीनामा नगरी प्रचण्ड र ओलीसँग भेट गरेका थापाले साँझ भने ओलीतिरै लाग्ने संकेत दिएका हुन्।

बुधबार ओलीसँग बालुवाटारमा एक घण्टा भेटेर प्रचण्डसँग भेट्न खुमलटार पुगेका थापाले वरिष्ठ उपाध्यक्ष पद माग गरेका थिए, जसमा प्रचण्ड सहमत भएनन्।

‘ओलीले उपाध्यक्ष बनाउने अफर गरेकाले थापाले प्रचण्डसँग वरिष्ठ उपाध्यक्ष पद भए आफु आउने बताउनु भयो तर प्रचण्डले त्यो स्वीकार गर्नु भएन’, थापा निकट एक नेताले भने, ‘गृहमन्त्री रहिरहने र उपाध्यक्ष पनि हुने भएपछि उहाँ ओलीतिरै लाग्ने निष्कर्षमा पुग्नु भएको छ, संभवतः बिहीबार खुल्नु हुन्छ होला।’

उनका अनुसार बिहीबार प्रचण्ड–नेपाल पक्ष र ओली पक्ष दुवैको केन्द्रीय समिति बैठक भएकाले संभवतः थापा ओलीतिर खुल्ने गरी बैठकमा सहभागी हुनेछन्।

पार्टी विभाजन हुनु अघिल्लो दिन सोमबार थापा पक्षीय नेताहरू उनको पुल्चोकस्थित मन्त्री निवासमा भेला भएर लामो छलफल गरेका थिए। जहाँ अधिकांश नेताहरूले थापालाई ओलीले चालेको संसद विघटनको कदम प्रतिगामी रहेको भन्दै प्रष्ट रुपमा अर्को पक्षमा उभिन दबाब दिएका थिए।



 प्रतिक्रिया


 थप राजनीतिक खबर

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !


विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !

विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !


शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !


माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !

माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !


देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित


आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने

आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने


देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने

देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने



विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post