पठाओले आफ्ना ग्राहक तथा राइडरलाई ५ लाखसम्मको बीमा सुविधा दिने !

 कोरखबर   ९ पौष, २०७७



पौष ९, काठमाडौं । राइड शेयरिङ कम्पनी पठाओ नेपालले आफ्ना ग्राहक तथा राइडरको बिमा गरिदिने भएको छ । यसका लागि पठाओ नेपालले बुधबार एभरेष्ट इन्स्योरेन्स कम्पनीसँग सम्झौता गरेको छ ।

अब पठाओ एप मार्फत सहजीकरण गरिएको उपलब्ध सेवाहरु प्रयोग गर्ने कुनै पनि ग्राहक तथा राइडर र चालकहरुको दुर्घटनाको कारणले हुने मृत्यु, अपङ्गता जस्तो अवस्थामा बढीमा ५ लाख रुपैयाँ सम्मको बिमा गरिएको पठाओले जनाएको छ ।

पठाओ नेपालको एप प्रयोग गरी सेवा लिनेदिने सबैले बिमाबाट फाइदा पाउन सक्ने छन् । त्यस्तै पठाओ नेपालले एभरेष्ट इन्स्योरेन्ससँगको सहकार्यमा १ लाखसम्मको दुर्घटना उपचार बीमा पनि ल्याएको छ ।   

यो दुर्घटना उपचार बीमा योजना पठाओ एप प्रयोग गरि सेवा लिनेदिने ग्राहक तथा राइडररचालक दुबैको हकमा लागु हुनेछ ।  यी दुवै बीमा सुविधा उपयोग गर्न दुर्घटना भएको ३० दिनभित्र बीमा कम्पनीको नियमानुसार तोकिएको कागजातसहित निवेदन पेश गर्नुपर्नेछ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post