पौष ८,काठमाडौं । नेकपा नेता तथा युवा इन्चार्ज महेश बस्नेत तामझामका साथ सिन्धुली प्रबेश गरेका छन् । माडी २ नं बजारमा रहेको जिल्ला पार्टी कार्यालय अगाडि जम्मा भएका युवाले कार्यालयमा ताला लगाएर साँचो केपी ओली पक्षधर पूर्व जिल्ला सचिब महेन्द्र श्रेष्ठलाई जिम्मा लगाएका छन् ।
राजन दाहाल जिल्ला अध्यक्ष रहेको र बिगतमा माओबादीको प्रभाव क्षेत्र भनेर चिनिएको सिन्धुलीको पार्टी कार्यालयमा ओली पक्षले कब्जा जमाएको हो । वागमती प्रफेस सदस्य कौशल कोइरालाले कार्यालय केपी ओलीले सिल्यान्यास गरेर पूर्व एमालेले ११ वर्ष अगाडि बनाएको कारण पनि कार्यालयमा आफूहरुको हक लाग्ने दाबी गरे ।
युवा संघ जिला संयोजक देवराज वाइबाकको नेतृत्वमा युवाको जुलुस निस्किएको थियो । जुलुस १ नं बजार, बसपार्क, धुरा बजार हुँदै कमलामाई पार्टी प्यालेसमा गएर सभामा परिणत भएको छ।
प्रहरीले सिन्धुली प्रबेश गरेका बस्नेत लगाएत युवा संघका नेताहरु रमेश आचा, रामजी सापकोटा, अशोक चौलागाई र अनेरास्ववियु नेता समिक बडालहरुलाइ स्कटिङ्ग गर्दै प्रवेश गराएको थियो ।