ओलीविरुद्ध हस्ताक्षर गर्नेको टाउको फुटाउन उर्दी जारी !

 कोरखबर   ८ पौष, २०७७



पौष ८, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको विवादमा युवा संघका सह–संयोजक रमेश पौडेलले ओलीविरुद्ध हस्ताक्षर गर्नेलाई ढुंगाले हानेर टाउको फुटाउन उर्दी जारी गरेका छन् । पौडेलले यसरी जारी गरेको उर्दी सामाजिक सन्जालमा भाइरल भएको छ ।

उनले ओलीको संसद् विघटन लोकतन्त्रको ‘फन्डामेटल’ विषय भएको भन्दै त्यसलाई नबुझ्नेहरुले मात्र त्यसलाई ‘कू’ भनिरहेको बताएका छन् । ‘‘जसले लोकतन्त्रको फन्डामेन्टल बुझ्दैन उसले ‘कू’ भन्छ, लोकतन्त्र विरोधीहरुले लाएको आरोपमा मैले भन्नु केही छैन,’’ सह(संयोजक पौडेलले भनेका छन्, ‘‘भोलि त्यो नेकपाले के नाम राख्छ थाहा छैन, तर आज नेकपाको मूल नेतृत्व भनेको केपी ओली हो, निर्वाचन आयोगले नेकपा भन्दा केपी ओलीलाई चिन्छ ।’’

उनले ओलीको संसद् विघटनको कदमलाई त्यसरी ‘कू’ भनेर ओलीविरुद्ध हस्ताक्षर गर्नेलाई गाउँ-गाउँमा ढुंगाले हानेर टाउको फुटाएर लखेट्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

‘‘समृद्ध नेपाल सुखी नेपालीको हाम्रा सपना कसैले घात गरिरहेको छ भने ती केपी ओलीविरुद्ध हस्ताक्षर गरेका माननीयहरु हुन्,’’ सह(संयोजक पौडेलले भनेका छन्, ‘‘ती हस्ताक्षरकर्ता माननीयलाई गाउँ-गाउँमा ढुंगाले हानेर टाउको फुटाउन म आग्रह गर्छु ।’’

‘‘हिजो समृद्ध नेपाल र सुखी नेपालीको नारा लगाउने र स्थिरताका लागि भनेर भोट माग्‍ने अनि प्रधानमन्त्रीविरुद्ध हस्ताक्षर गर्नेलाई जनताको कठघराउमा उभ्याउनू र जवाफ दिन नसक्नेलाई खेद्‍नू भनेको हुँ,’ पौडेलले भने ।



 प्रतिक्रिया


 थप राजनीतिक खबर

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !


विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !

विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !


शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !


माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !

माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !


देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित


आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने

आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने


देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने

देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने



विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post