पुष ७,काठमाडौं । संसद विघटनको विरोधमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववियूको एउटा समूहले प्रदर्शन गरेको छ ।
सहसंयोजक रञ्जित तामाङसहितको टोलीले संसद विघटनको विरोधमा असंवैधानिक कु भन्दै खारेज गर्न माग गरेका छन् । उनीहरुले माइतीघरदेखि नाराबाजी गर्दै नयाँ बानेश्वरतर्फ गएका छन् ।