पौष ७,काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले केपी ओलीले पार्टीलाई पद्धतीविहीन तरिकाले चलाउन खोजिएको बताएका छन् ।
बबरमहलको कार्की ब्यांक्वेटमा बैठक सुरु भएको केन्द्रीय कमिटी बैठकमा उनले यस्तो बताएका हुन् ।
उनले भने,“आज दुःखका साथ भन्नुपर्छ आज हाम्रै अध्यक्षबाट नेपालको राजनीतिलाई गलत बाटोमा धकेल्ने काम भएको छ । कम्युनिष्ट आन्दोलनलाई गलत बाटोमा धकेल्न खोज्नेविरुद्ध पनि अगाडि बढ्नुपर्ने अवस्था आएको छ ।”
प्रवक्ता नारायणकाजी श्रेष्ठले केन्द्रीय कमिटी बैठकको औचित्यमाथि प्रकाश पार्दै प्रधानमन्त्री ओली विचार, नीति, विधि र पद्धतिलाई बेवास्ता गरेकै कारण यो संकट आइपुगेको प्रस्ट पारे ।