प्रचण्ड–माधव समुहको बैठकले बैधानिकता पाउँदैन् : ओली समुह

 कोरखबर   ७ पौष, २०७७



पुष ७ ,काठमाडौं । नेकपा ओली समूहले आफूहरु नै वैधानिक भएको दाबी गरेको छ । प्रचण्ड–माधव नेपाल समूहको बैठक आधिकारिक नहुने सो समूहको भनाइ छ ।

आज बालुवाटारमा बसेको नेकपा ओली समूहको केन्द्रीय समिति बैठकबाट प्रवक्ताको जिम्मेवारी पाएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बैठकपछि भने, ‘पार्टीको अध्यक्ष, महासचिव र माइन्युटविना पनि बैठक बस्छ र रु त्यो बैठकको निर्णयको कुनै वैधानिकता हुने कुरा पनि भएन ।’

पार्टीको मौजुदा विधानले महासचिवले नै बैठकको सूचना र एजेण्डा तय गर्ने भनेकाले आफूहरु नै वैधानिक भएको ज्ञवालीको तर्क छ ।

बालुवाटार बैठकले कसैलाई कारबाही नगरेको तर जिम्मेवारी मात्र हेरफेर गरेको उनले बताए । बैठकले नेकपा प्रवक्ताको जिम्मेवारीबाट नारायणकाजी श्रेष्ठलाई हटाएर ज्ञवालीलाई दिएको छ ।

नेता ज्ञवालीले नेकपा विभाजित नभई एकताबद्ध भएको दाबी गरे । बैठकको अध्यक्षता गरेका ओलीले निर्वाचनमा हामी एकताबद्ध भएर जानुपर्छ भनेर अपिल गरेको जानकारी पनि ज्ञवालीले दिए ।

नेकपामा अहिले विवाद आउनुमा कतिपयले विदेशी शक्तिको हात रहेको चर्चा चलिरहेको बेला नेता ज्ञवालीले त्यसलाई इन्कार गरे । उनले भने, ‘आफ्नो थैलोको मुख बलियो गरी बाँधौं अरुलाई दोष दिनुपर्दैन ।’



 प्रतिक्रिया


 थप राजनीतिक खबर

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !


विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !

विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !


शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !


माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !

माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !


देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित


आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने

आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने


देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने

देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने



विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post