पुस ७,काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले पुर्नगठित केन्द्रीय समितिको विवरण निर्वाचन आयोगमा दर्ता गराएको छ। नेकपाा अध्यक्ष केपी शर्मा ओली पक्षले एकलौटी ढंगले केन्द्रीय समिति पुर्नगठनको निर्णय गरेको थियो।
निर्वाचन आयोगका दिनेशकुमार थपलियाले एक घण्टा अघि पत्र दर्ता भएको जानकारी दिए।
" एक घण्टा अघि केन्द्रीय कमिटीको पुर्नगठनसँग सम्बन्धित पत्र दर्ता भएको छ" , थपलियाले भने, " विधान संशोधन र केन्द्रीइ समिति संख्या हेरफेर लगायतका विषयमा पनि कागजपत्र ल्याउँदै छौँ भनेर भन्नु भएको छ।"
उनले आयोगले पत्रको विवरण अहिले खोलेर नहेरेको पनि बताए।