पौष ७,काठमाडौँ । नेकपा ओली समुहको केन्द्रिय समिति वैठक सकिएको छ ।
प्रधानमन्त्री निवास वालुवाटारमा बसेको वैठकले आउँदो वर्ष :– २०७८ साल मंसिरको २ गतेदेखि ७ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको छ । यस अवधिमा पार्टीको महाधिवेशन गर्ने मिति तय भएको केन्द्रिय सदस्य माधव ढुंगेलले जानकारी दिए ।
साथै वैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले आफुहरु पार्टी एकताको पक्षमा रहेको र फुटको विपक्षमा रहेको जनाएको ढुंगेलले जानकारी दिए । साथै अध्यक्ष ओलीले कोही पनि नेताहरुमाथि कारवाही नगरिने र पार्टी एकताको पक्षमा रहने वैठकमा बताएको ढुंगेलले जानकारी दिए ।