पुस ७, काठमाण्डौ । नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।
बालुवाटारमा केहीबेर अघिदेखि बैठक सुरु भएको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । बैठकमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षले आफूरुलाई अनुशासनको कारबाही गरे कसरी अगाडि बढ्नेलगायत समसामयिक विषयमा छलफल हुने छ ।
ओली पक्षले आफूहरुमाथि कारबाही भए पार्टी एकता भंग गर्ने तयारी गरेको छ । बैठकमा सहभागी हुन काठमाण्डौ उपत्यकाबाहिर रहेका सबै केन्द्रीय कमिटी सदस्यहरु काठमाण्डौ आएका छन् । बालुवाटारमा भइरहेको बैठकलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ ।
तस्विर : विष्णु रिमाल