प्रचण्डलाई गृहमन्त्री थापाको ‘ग्रीन सिग्नल’ !

 कोरखबर   ७ पौष, २०७७



पुस ७,काठमाडौं। गृहमन्त्री रामबहादुर थापाले पार्टी विभाजन हुँदा आफू नेकपामै रहने बताएका छन्। मंगलबार विहान कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग लामो छलफल गरेका थापाले आफू पार्टीमै बस्ने र त्यसबारे आजै निर्णय गर्ने बताएका हुन्।

‘उहाँले अब म नेकपामै रहने निर्णयमा पुगेको बताउनुभयो, आजै यसबारे निर्णय गर्ने पनि सुनाउनुभएछ,’ प्रचण्डनिकट एक नेताले भने, ‘आज हुने प्रचण्ड पक्षकै केन्द्रीय समितिको बैठकमा पनि उहाँ सहभागी बन्ने संभावना उच्च छ।’

गृहमन्त्री थापाले अन्तिम निर्णयका लागि आफू निकट नेताहरूसंग छलफल गर्ने भएका छन्। एक नेताका अनुसार आजको छलफलमा उनले प्रचण्डलाई ‘ग्रीन सिग्नल’ दिएका छन्।

गृहमन्त्री थापाले सोमबार बेलुका प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा एक घण्टा छलफल गरेका थिए। कार्यकारी अध्यक्ष प्रचण्ड र गृहमन्त्री थापाबीच सोमबार विहान पनि मन्त्री क्वाटरमै छलफल भएको थियो।

हिजोको छलफलपछि दुबै अध्यक्षले बोलाएको बैठकमा नगएका थापा मंगलबार विहान प्रधानमन्त्री ओलीले राखेको केन्द्रीय समितिको बैठकमा पनि पुगेका छैनन्।



 प्रतिक्रिया


 थप राजनीतिक खबर

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !


विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !

विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !


शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !


माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !

माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !


देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित


आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने

आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने


देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने

देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने



विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post