पौष ७,काठमाडौँ । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृहमन्त्री रामबहादुर थापालाई भेट्न फेरि पुल्चोक पुगेका छन् । पुल्चोक पुगेर उनी फर्किसकेका छन् ।
प्रचण्डले बादलसँग साथ मागेको बताइएको छ । यसअघि हिजो पनि प्रचण्ड थापालाई भेट्न पुल्चोक पुगेका थिए ।
नेकपाको सचिवालयका सदस्य समेत रहेका थापाले प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्ड समूह दुवैले डाकेको बैठकमा नजाने बताइसकेका छन् । गृहमन्त्री थापाले आफू अन्तिमसम्म पनि पार्टी एकताकै पक्षमा रहने बताउँदै आएका छन् ।