पौष ७, काठमाडौँ । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अनुशासनको कारवाही गरिएको पत्र निर्वाचन आयोगमा पहिले नै बुझाएको दाबी गरिएको छ ।
ओली निकट एक सचिवालय सदस्यले प्रचण्ड–नेपाल पक्षले अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई अनुशासनको कारवाही गरेको पत्र आयोगमा बुझाउनु भन्दा पहिले नै आफूहरुको तर्फबाट पत्र गएको बताए ।
स्थायी कमिटिको निर्णय अनुसार संसद ओलीलाई अनुशासनको कारवाही गरिएको सिफारिस पत्र प्रचण्ड–नेपाल समूहबाट नेता लिलामणि पोखरेलले सोमबार निर्वाचन आयोगमा लगेको थिए ।
तर त्यो भन्दा पहिले नै प्रचण्डलाई अनुशासनको कारवाही गरिएको सिफारिस पत्र निर्वाचन आयोगमा ओली पक्षबाट पु¥याइएको दाबी ती नेताले गरेका छन् ।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा फुटको संघारमा छ । मंगलबार दुवै पक्षले भिन्दाभिन्दै स्थानमा केन्द्रीय समितिको बैठक बोलाएका छन् । दुवै पक्षले एकअर्कालाई कारवाहीको तयारी गरेका छन् ।